२०८२ फाल्गुन २४ | Mar 08, 2026

एससीटी यूपीआई कार्ड ग्राहकलाई मौलाकाली केवल कारमा दश प्रतिशत छुट

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ३
|
153 views

ललितपुर। नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडले जारी गर्दै आएको एससीटी यूपीआई कार्डका सम्पूर्ण ग्राहकहरूलाई मौलाकाली केवल कारमा दश प्रतिशत छुट हुने भएको छ ।

समुन्द्री तहबाट १८४१ फिट माथि नवलपुर जिल्लाको गैँडाकोटमा अवस्थित यस मन्दिरमा दर्शन गर्न आउने आगन्तुकहरूको यात्रा अझ सहज र शुलभ हुने अपेक्षा गर्दै एससीटी र मौलाकाली केवल कारले यस अफर ल्याएको हो । अफर अन्तर्गत ग्राहकहरूले आफ्नो एससीटी यूपीआई कार्डबाट पस मेसिन मार्फत टिकट खरिद गर्दा दश प्रतिशत छुट हुनेछ ।

एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी यूपीआई कार्ड जारी गर्दै आइरहेको छ । यो अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ । एससीटी यूपीआई कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एससीटी यूपीआई कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्नेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया