२०८२ मंसिर २६ | Dec 12, 2025

ओलीले माधव नेपालका पछि लाग्नेले कर्णालीमा फ्लोर क्रस गरेर अराजक हर्कत गरेको आरोप लगाए

BusinessPati बिजनेस पाटी
|
२०७८ बैशाख ६
|
357 views

प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालका पछि लाग्नेले कर्णालीमा फ्लोर क्रस गरेर अराजक हर्कत गरेको आरोप लगाएका छन्। 

बालुवाटारमा जारी केन्द्रीय कमिटीको बैठकमा बोल्दै ओलीले भने, ‘माधव नेपालले नेपालमा पहिलोपटक अलोकतान्त्रिक र अराजक हर्कत गरेका छन्। त्यो अपराधको क्षमा हुदैन। कारवाही हुन्छ।’ 

माधव नेपालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पाउमा एमाले पार्टी चढाउने खोजेको आरोप समेत लगाए। गैर कम्युनिष्टहरूको नेतृत्वमा सरकार बनाउन माधव समूहले जोड दिएको आरोप लगाए। 

प्रचण्ड र नेपालले कम्युनिष्ट आन्दोलनका विरुद्ध आफ्नै पार्टीको सरकारविरुद्ध अपराधिक कर्म गरेको समेत बताए। प्रचण्ड र नेपाललाई जनताले धूलो चटाउने समेत उनले दाबी गरे। 

अध्यक्ष ओलीले भने, ‘केपी ओलीलाई घोक्र्याउँछु, धूलो चटाउँछु र भित्तामा टाँस्छौँ भन्दै हिंड्ने प्रचण्ड र माधव नेपाललाई अब जनताले धूलो चटाउने र भित्तामा टाँस्नेछन्।’ 

फेसबुकबाट तपाईको प्रतिक्रिया