काठमाडौँ ११ वैशाख २०८१।
कतारी राजा शेख तमिम बिन हमाद अल थानी विशेष विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि उनी नेपाल आएका हुन् ।
आइतबार एसियाली देशहरूको भ्रमणमा निस्केका अमिर अल थानी मंगलबार बंगलादेशबाट नेपाल आएका हुन् । मंगलबार उनले राष्ट्रपति पौडेलसँग शीतलनिवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि होटल सोल्टीमा उनका लागि राष्ट्रपतिले रात्रिभोजको आयोजना गरेका छन् ।
भ्रमणको दोस्रो दिन प्रधानमन्त्री प्रचण्डसँग द्विपक्षीय भेटवार्ता गरी उनी अपराह्न कतार फर्किने छन् ।