कर्मचारी सञ्चय कोष र एनआईसी एशिया बैंकबीच समझदारी

काठमाण्डौ ७ साउन २०७७ ।
एन आई सी एशिया बैंकले आफ्ना सेवाहरू डिजिटल माध्यममा लैजाने क्रमलाई निरन्तरता दिँदै कर्मचारी सञ्चय कोषबाट कर्जा उपभोग गरिरहेका ऋणीहरूले साँवा ब्याजसहितको किस्ता रकम विद्युतीय माध्यमबाट भुक्तानी गर्नका निमित्त कर्मचारी सञ्चय कोष र एनआईसी एशिया बैंकबीच समझदारी भएको छ । उक्त समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी तथा कोषको तर्फबाट मुख्य प्रबन्धक अर्जुनकुमार गौतमले हस्ताक्षर गर्नुभयो । बैंकले नेपाल क्लियरिङ्ग हाउस लिसँगको सहकार्यमा कर्मचारी सञ्चय कोषबाट कर्जा सुविधा लिईरहनुभएका ऋणीहरूलाई सुविधाको निमित्त वहाँहरूले उपभोग गर्नुभएको कर्जा बमोजिमको किस्ता रकम विद्युतीय माध्यमबाट भुक्तानी गर्न मिल्ने सुविधा ल्याउने समझदारी भएको बैकले जनाएको छ ।

डिजिटल बैंकिङ्ग सेवामा अग्रणी स्थानमा रहिआएको बैंकले डिजिटल फष्र्ट बैंक बन्ने दीर्घकालीन लक्ष्यअनुरुप नेपाल क्लियरिङ्ग हाउससँगको सहकार्यमा विद्युतीय भुक्तानी जस्तो नवीनतम सुविधा ल्याएको बताएको छ । यस व्यवस्था अन्तर्गत अब जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूमा खाता सञ्चालन गर्नुभएको कर्मचारी सञ्चय कोषका ऋणीहरूले नेपाल क्लियरिङ्ग हाउस लि. पोर्टल (जततउकस्ररयिनष्ल।अयललभअतष्उक।अयmर) मा लग इन गरेपश्चात् न्यखभचलmभलत एबथmभलत मा क्लिक गरी भुक्तानी प्रक्रिया सुरु गर्न सक्नेछन् । नगद रकम तथा चेक बोकी बैंकको शाखामा गई कर्मचारी सञ्चय कोषको कर्जाको साँवा ब्याजसहितको किस्ता रकम भुक्तानी गर्नुपर्ने वर्तमान अवस्थालाई यस नयाँ व्यवस्था अनुसार बैंक नै नगई घर तथा अफिसबाट विद्युतीय माध्यमबाट उक्त किस्ता रकम सजिलै भुक्तानी गर्न सक्नेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया