काठमाडौं । काठमाडौं महानगरभित्र आवास क्षेत्रमा रहेका कवारी संकलन केन्द्रमा आज महानगरले डोजर चलाएको छ । आज काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलले च्यासल पुलदेखि बालकुमारी पुल क्षेत्रसम्मको कवाडी संकलन केन्द्र हटाएको छ ।
यस अघि पटक पटक हटाउन जानकारी गराए पनि अटेर गरी सञ्चालन गरिरहेका कवाडी संकलन केन्द्रमा महानगरीय प्रहरी बलले बाध्य भएर डोजर चलाएको हो । महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार आवास क्षेत्रमा रहेका च्यासल पुलदेखि बालकुमारी पुल क्षेत्रसम्मको कवाडी संकलन केन्द्र आज हटाइएको छ। ‘
महानगर प्रहरीले बल प्रयोग गरेर कवाडी संकलन केन्द्रमाथि डोजर चलाएको छ । महानगरपालिकाले डोजरसहित दर्जनौं नगर प्रहरी बल परिचालन गरेको हो ।
जबरर्जस्ती आफ्ना गोदाम डोजर लगाएर भत्काएको भन्दै कवाडी संकलन केन्द्रका दुई मजदुरहरुले प्रहरी र डोजरमाथि माथि ढुंगामुढा समेत गरेका छन् । ‘ढुंगा लागेर एउटा डोजरको सिसा समेत फुटेको छ । महानगरीय प्रहरीका अनुसार डोजरमा ढुंगामुढा गर्ने दुई जनालाई नियन्त्रणमा लिइएको छ ।