कविता : बिन्ती हात झिक

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २४
|
6.3k views

ललितपुर - हरि तिमल्सिना

परिवर्तनका लागि युवाशक्ति हुँदैछन् आगो
यो देशले तिनै युवाको रगत किन मागो ?

    युवा पिंढीमा परिवर्तनको उर्जा जागेकै हो
    मलाई पनि यो सरकार ढाल्न मन लागेकै हो ।

      बूढा नेता हो ! ढलपल ढलपल गर्दै यो सरकार किन चलाउँछौ ?
      सत्ता छोडिदिए हुन्छ अब हामी युवाशक्तिले देश बनाउँछौं ।

      बूढाले अझै सत्ता नछोड्ने हो भने देश पूरै गल्ने छ
      युवा तातेका बेला बिन्ती हात झिक, बल्ल देश बन्ने छ ।

       पात्रो/राशिफल  रेडियो YouTube