२०८२ मंसिर २८ | Dec 14, 2025

काँग्रेससहित सात दलका सांसदहरू आज पनि धर्नामा

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक ३०
|
765 views

जनकपुरधाम । नेपाली काँग्रेससहितका सात राजनीतिक दलका सांसदहरु मधेश प्रदेश सभा भवन अगाडि धर्नामा बसेका छन् । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद चर्कंदै जाँदा सात दलीय गठबन्धनका सांसद आइतबार पनि सभा भवन अगाडि बाटो छेकेर धर्ना बसेका हुन् ।

गत सोमबारदेखि नै सात दल विरोध स्वरुप धर्ना बसिरहेका छन् । उनीहरुले सभामुख रामचन्द्र मण्डलमाथि कारबाहीको माग गर्दै हिजो प्रदेश सभा परिसरको चौरमै प्रदेश सभा बैठक चलाएका थिए।

एक साताअघि तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ठूलो दलको हैसियतमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेर होटेलमा शपथ खुवाएपछि विवाद चर्केको थियो ।

मुख्यमन्त्री नियुक्ति खारेजीको मागसहितको विवाद बढ्दै जाँदा सात दलका सांसदहरुले सर्वोच्च अदालतमा रिट दिनुका साथै मधेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध पनि महाअभियोग दर्ता गराएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया