२०८२ माघ १० | Jan 24, 2026

कांग्रेसको विशेष महाधिवेशन सुरू, संस्थापन पक्षका केन्द्रीय सदस्यदेखि पूर्वसभामुख रानाभाटसम्म पुगे महाधिवेशनस्थल

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष २७
|
1.3k views

ललितपुर। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको छ । महाधिवेशनमा सभापति शेरबहादुर देउवाका निकटस्थ नेताहरू पनि सहभागी भएका छन् ।

देउवानिकट पूर्वउपभापति गोपालमान श्रेष्ठ, संस्थापन पक्षका केन्द्रीय सदस्य तारामान गुरुङ, डिला सङ्ग्रौला, चिनकाजी श्रेष्ठ, पुष्पा भुसाल, कर्ण मल्ल, अर्जुन जोशी, राजन केसीलगायत छन्। पूर्वसभामुख तारानाथ रानाभाट पनि महाधिवेशनस्थलमा पुगेका छन्।

शेखरनिकट रहेका चन्द्र भण्डारी, सुनिल शर्मा, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीसहित नेताहरू पनि सहभागी छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया