Rato Kagaj पल पलको खबर

२०८२ असार २६ | Jul 10, 2025

काठमाडौँको सतुङ्गलमा विहानैदेखि लागेको आगो दुईघण्टा पछि नियन्त्रणमा

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २६

काठमाडौं । काठमाडौँको सतुङ्गगलमा लागेको आगो दुईघण्टा पछि बल्ल नियन्त्रणमा आएको छ । काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर ११ सतुङ्गलमा रहेको आर आर कम्प्लेक्सको भुइँतलामा रहेको कपडा गोदाममा आज विहानै आगो लागेको थियो ।

आगो निभाउन काठमाडौँ महानगरपालिकाको ६ वटा दमकल र १५ वटा पानी ट्याङ्कर प्रयोग गरिएको थियो । गरी झन्डै दुई घण्टापछि आगो निभाइएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जानकारी दिएको छ । कपडामा आगो सल्किएकाले निभाउनका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएका थिए । आगोले कपडा गोदाम पूर्णरुपमा ध्वस्त भएको छ भने क्षतिको विवरण अझै आइसकेको छैन ।

हिजो काठमाण्डौको मखनटोलको ४ तले घरमा आगलागी हुँदा एक वृद्ध महिलाको ज्यान गएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया