२०८२ मंसिर २६ | Dec 12, 2025

काठमाडौंका मेयर बालेनलाई पितृशोक

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर १५
|
2.3k views

ललितपुर । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई पितृशोक परेको छ ।

मेयर बालेनका बुवा रामनारायण शाहको आज निधन भएको छ । यसअघि उनी आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल सर्भिस अस्पताल भर्ना भएका थिए । स्वास्थ्यमा खराबी आएका कारण भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

अस्पताल स्रोतका अनुसार, उनको पिसाबमा संक्रमण भएर शरीरमा फैलिएको थियो । शाहलाई भेट्न सोमबार बिहान प्रधानमन्त्री सुशीला कार्की पनि पुगेकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया