ललितपुर। काठमाडौंको गौरीघाट मिलनचोकमा एक पुरुषले कुटपिट र ढुंगा प्रहारबाट आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
काठमाडौं महानगरपालिका–७ स्थिति गौरीघाटमा बस्दै आएको ४० वर्षीया विमला तामाङ भनिने अप्सरा कार्कीको उनकै श्रीमान् ३५ वर्षीय छिरिङ भनिने तेन्जिङ शेर्पाले हत्या गरेका छन् ।
संखुवासभा खाँदबारी नगरपालिका–६ घर भएका शेर्पालाई श्रीमती हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ । अप्सरा आफ्नो डेरामा आइतबार दिउँसो मृत अवस्थामा फेला परेकी थिइन् ।
अप्सरालाई शंकास्पद अवस्थामा मृत भेटिएपछि प्रहरीले अनुसन्धान उनका श्रीमान छिरिङ भनिने तेन्जिङ शेर्पालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानको क्रममा अप्सराको हत्यामा उनकै श्रीमानको संलग्नता खुलेपछि प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई पक्राउ हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरू बिच वादविवाद भई झगडा हुँदा तेन्जिङले कुटपिट तथा ढुंगा प्रहार गरी अप्सराको हत्या गरेको खुल्न आएको छ ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया