काठमाडौं । काठमाडौंमा सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले आज पनि प्रदर्शन गरेका छन् ।
मंगलबार सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले शान्तिबाटिकादेखि बालुवाटारसम्म प्रदर्शन गरेका हुन् । उनीहरुले समग्र वित्तीय शोषणको अन्त्य गर, वित्तीय माफियाहरुलाई संरक्षण गर्ने राजनीतिक दल मुर्दावाद, पीडितहरुको वचत अपचलन गर्ने ठगहरु विश्वासघातीहरुको सात पुस्ते सम्पत्ति जफत गर जस्ता नारा लगाएका छन् । पीडितहरुलाई चाँडो भन्दा चाँडो रकम फर्काएर सहकारी संस्थाको अनुगमन, नियमन र नियन्त्रण गर्न सरकारलाई दबाब दिएका हुन् ।
पीडितहरुले सहकारीको पौने ३ खर्ब रुपैयाँ खाने र सहकारीमार्फत ठगी र संगठित अपराध गर्न विभिन्न पार्टीका नेता र कार्यकर्ता हुने भन्दै विभिन्न प्लेकार्ड बोकेर नाराबाजी गरेका छन् । सोमबार पनि पीडितहरुले शान्तिबाटिकादेखि राष्ट्रपति भवनसम्म पुगेर प्रदर्शन गरेका थिए ।