२०८२ कार्तिक २३ | Nov 09, 2025

काठमाडौं र ललितपुरमा राति नौ बजेसम्म मात्र देउसीभैलो खेल्न प्रशासनको अनुरोध, भक्तपुरका सार्वजनिक स्थलमा भने प्रतिबन्ध

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक २
|
867 views

ललितपुर । शुभ दिपावलीको अवसरमा जिल्ला प्रशासन कार्यालय काठमाडौं र ललितपुरले राति नौ बजेसम्म मात्र देउसीभैलो खेल्न सर्वसाधारण सूचनारी जारी गरेको छ साथै मनोरञ्जनका क्रममा कानुनद्वारा वर्जित कुनै पनि गतिविधि नगर्न/नगराउन भनेको छ ।

सबैमा प्रशासनले देउसी भैलोलगायतका कार्यक्रम गर्दा मर्यादित, अनुशासित एवम् व्यवस्थित ढंगले राति ९ बजेसम्म मात्रै गर्न र कुनै गुनासो नआउने गरी मनोरञ्जन गर्न सूचना मार्फत अनुरोध गरेको हो ।

तर प्रशासनको सूचना अनुसार भने सार्वजनिक आवागमन हुने सडक मार्गमा अवरोध हुने गरी भने देउसीभैलो खेल्न नपाइने भएको छ । सार्वजनिक स्थान, पदमार्ग, सडकमार्ग जस्ता स्थानमा आम सर्वसाधारणको आवागमनलाई वाधा पर्ने गरी कुनै पनि प्रकारको पूजा मण्डप वा दीपावली उत्सव थल बनाउन पाइने छैन ।

यस्तै जिल्ला प्रशासन कार्यालयहरुले कार्यालयले मैनवत्ती तथा बिजुलीको प्रयोग गर्दा सावधानी अपनाउन, आतिसबाजी, पटाका, भुइँचम्पा वा अन्य कुनै विष्फोटक तथा आगलागी हुने पदार्थको खरिद बिक्री, ढुवानी भण्डारण र प्रयोग नगर्न नगराउन सार्वजनिक सूचना मार्फत आग्रह गरेको छ ।

त्यसैगरी भक्तपुर जिल्ला प्रशासनले पनि सार्वजनिक स्थान, पदमार्ग, सडक मार्ग जस्ता स्थानमा आम सर्वसाधारणको आवागमनलाई बाधा पर्नेगरी कुनै पनि प्रकारको पूजा मण्डप वा दिपावली उत्सव स्थल बनाउन नपाइने सूचना जारी गरेको छ ।

प्रशासनले जारी गरेको सूचना विपरीत कसैले गैरकानूनी कार्य गरे÷गराइएको पाइएमा नजिकको सुरक्षा निकाय वा प्रहरी कन्ट्रोलमा जानारी गराउन समेत तीन जिल्ला प्रशासन कार्यालयहरुले अनुरोध गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया