काठमाण्डौ उपत्यकामा एकैदीन हालसम्मकै धेरै कोरोना संक्रमित भेटिए

काठमाण्डौ २७ साउन २०७७ ।
काठमाडौं उपत्यकामा १३४ जनामा कोरोना पुष्टि भएको छ। योसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमित हुनेको संख्या १३१४ पुगेको छ।

पछिल्लो २४ घन्टामा मंगलबार काठमाडौंमा ११०, ललितपुरमा १६ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

पछिल्लो २४ घन्टामा १७१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना भाइरस मुक्त हुनेको संख्या १६६६४ पुगेको मन्त्रालयका प्रवक्ता डा गौतमले बताए । देशभर ६३८ जनामा कोरोना संक्रमण भेटिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया