२०८२ मंसिर २६ | Dec 12, 2025

काभ्रेपलाञ्चोकको पाँचखालमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

BusinessPati बिजनेस पाटी
|
२०८१ असार ४
|
255 views

काठमाडौँ ०४ असार २०८१ -राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बागमती प्रदेश काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नः ४, तामाघाट स्थित शाखा कार्यालय पाँचखाल विस्तार गरी सोमबारबाट कारोबार शुभारम्भ गरेको छ । यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या २८८ पुगेको छ ।


हल बैंकको ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २८८ शाखा कार्यालय, ३०५ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ सेवा, ७१ वटा एक्स्टेन्सन काउण्टर, QR Codeसेवा, POs (Point of Sale)० सेवा,Credit Card,Debit Card, Connect IPS, Smart QR Teller, (बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ (डिजिटल संसार) तथा विना ईन्टरनेट चल्ने USSDमोवाईल बैंकिङका सेवाहरु समेत सञ्चालनमा रहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया