कपिलवस्तु । शुक्रबार विहानै कारको ठक्करबाट दुई महिलाको मृत्यु भएको छ । कपिलवस्तुमा विहानै मर्निङ वाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु भएको हो ।
हिंडिरहेको अवस्थामा कारले ठक्कर दिएपछि गम्भीर घाइते भएका बुद्धभूमि नगरपालिका–१ बसन्तुपुरकी ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझीलाई अस्पताल लाँदै गर्दा उनीहरुको मृत्यु भएको कपिलवस्तु प्रहरीले जनाएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत पत्थरकोट–गोरुसिङ्गे सडक खण्डमा अर्घाखाँचीबाट बुटवलतर्फ आउँदै गरेको बीएबी ९५९९ नम्बरको कारले शुक्रबार बिहान पौने ६ बजे ती महिलाहरुलाई ठक्कर दिएको थियो । दुर्घटनापछि कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
चालक निदाउँदा र गाडी तीव्र गतिमा रहेकाले दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।