काठमाडौं । नेपाल टेलिकमले कालिकोटको मान्मादेखि जुम्ला हुँदै मुगुको गमगढीसम्म प्रविधिमा आधारित अप्टिकल फाइबर सेवा सञ्चालनमा ल्याएको छ ।
देशका दुरदराजसम्म सर्वसुलभ रुपमा दूरसञ्चार सेवा विस्तार एवम् स्तरन्नति गर्ने लक्ष्य स्सवरुप नेपाल टेलिकमले यो सेवा विस्तार गरेको हो ।
यस सूचना महामार्गले कालिकोट, जुम्ला, मुगु लगायतका क्षेत्रमा मोबाइल ब्रोडब्याण्ड र फाइबर सेवाको गुणस्तर तथा क्षमता वृद्धि हुनुका साथै भविष्यमा सञ्चालनमा आउने नयाँ प्रविधिको लागि समेत महत्वपूर्ण आधार निर्माण भएको छ।
माइक्रो वेभ रेडियो लिंक मार्फत् हाल सञ्चालनमा रहेका राजमार्ग आसपासका फाइबर इन्टरनेट तथा मोबाइल सेवासँग सम्बन्धित उपकरणहरुका साथै एनटीभी ब्रान्डको टेलिभिजन सेवा समेते चैत ८ गतेबाट अप्टिकल फाइबर मार्फत सञ्चालनमा ल्याइएको छ । यसलाई नेपालको दूरसञ्चार क्षेत्रमा कोसेढुङ्गाको रुपमा लिन सकिन्छ ।
देशको भौगोलिक चुनौतीलाई आत्मसात् गर्दै हरेक नेपालीलाई दूरसञ्चार सेवाद्वारा जोड्नका लागि सदैव प्रतिवद्ध रहने नेपाल टेलिकमले जनाएको छ ।