२०८२ असार २६

ललितपुर । कलाकार दुर्गेश थापा जापानमा हुन लागेको नेपाल महोत्सव २०२५ मा सहभागी हुन जापान नगएपछि उनी नजानुको कारणबारे विभिन्न आङ्कलन भई रहेका बेला उनले कारण खुलाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले कुवेत मा हुने कार्यक्रमको लागि पहिल्यै सम्झौता गरिसकेकोले जापानको कार्यक्रममा सहभागिता जनाउन असमर्थ भएको प्रस्ट्याएका छन् ।
उनले लामो स्ट्याटस मार्फत भनेका छन् , म एक कलाकार हुँ । दर्शक–श्रोता मेरा भगवान् हुन्। जुनसुकै देश, जुनसुकै ठाउँमा होस जहाँ दर्शकले मलाई माया गर्नुहुन्छ, त्यहाँ पुगेर मनोरञ्जन दिनु मेरो धर्म हो ।
हालै जापानमा हुन लागेको नेपाल महोत्सव २०२५ सम्बन्धमा केही भ्रमपूर्ण समाचारहरू सार्वजनिक भएका छन् । यस विषयमा म आफ्नो स्पष्ट धारणा राख्न चाहन्छु:
नेपाल महोत्सव जापानको सन्दर्भमा मलाई गलकोट समाज जापान बाट कल र सन्देशहरू निरन्तर आइरहेका थिए । आयोजक संस्थाले “तपाईँलाई कार्यक्रममा लैजानु हाम्रो जिम्मेवारी हो” भनेर आग्रह गरेपछि, म पनि उत्साहित थिएँ र हुन्छ भनेर सकारात्मक प्रतिक्रिया पनि दिएको थिएँ ।
तर यथार्थमा (७ जुन २०२५) मा कुवेत मा हुने कार्यक्रमको लागि म पहिल्यै सम्झौता गरिसकेको थिएँ र त्यो मेरो प्राथमिकता बनिसकेको थियो । मैले आयोजक पक्षलाई यो जानकारी पनि गराएको थिएँ । त्यसैले जापानको कार्यक्रममा जानु तत्काल सम्भव थिएन ।
यति हुँदाहुँदै पनि आयोजकको अनुरोधलाई सम्मान गर्दै मैले पासपोर्ट दिन तयार भएँ । तर कुवेतको कार्यक्रम नजिकिँदै गर्दा पासपोर्ट बिना विदेश जान नसकिने हुँदा मैले आफ्नो पासपोर्ट ३ दिनमै फिर्ता लिनु पर्यो र सम्झौताअनुसार कुवेत गएँ । त्यहाँ म मेरा दर्शक–भगवान्हरूसँग भेटेँ र आफ्नो प्रस्तुति दिएँ ।
स्पष्ट पार्न चाहन्छु:
✔ मैले नेपाल महोत्सव जापानसँग कुनै
औपचारिक सम्झौता गरेको थिइन
✔ मैले कुनै प्रचार सामग्री पनि
सम्प्रेषण गरेको छैन ।
✔ मैले कुनै कार्यक्रम रद्द गरेको पनि होइन,
✔ कुवेतको कार्यक्रमको लागि म आफैले
पासपोर्ट झिकेको थिए
✔ आयोजकले तिन दिनमा भिसा लगाउँछु भनेता
पनि सो भन्दा धेरै दिन लाग्ने आयोजक लाई
पहिले नै जानकारी गराएको थिए ।
त्यसैले म सबै दर्शक–श्रोतामाझ विनम्र अनुरोध गर्न चाहन्छु—कृपया भ्रामक समाचार र अफवाहहरूमा नपर्नुहोला ।
भोलिको दिनमा जापान पक्कै आउने छु, त्यहाँका दर्शक भगवान् हरूसँग रमाउने र आफ्नो प्रस्तुति दिने मेरो निकै ठुलो चाहना पनि छ। ।
उचित समय, योजना, राम्रो आयोजना र समझदारीमा आधारित कार्यक्रमको माध्यमबाट हजुर भगवान रूपि दर्शकहरूसँग भेट्न पक्कै आउनेछु ।
सधैँ माया गर्ने, साथ दिने र बुझिदिने सम्पूर्ण दर्शक–श्रोतामा कृतज्ञ छु। 🙏
दुनियाँको जुनसुकै कुनामा रहे पनि, हजुरहरू मेरा प्रेरणाका स्रोत हो, भगवान् हो।
हजुरहरूको आफ्नो कलाकार
दुर्गेश थापा
फेसबुकबाट तपाईको प्रतिक्रिया