स्वयम्भू शाक्य
आज आकाश कालो भएर होला धरतीले घामका किरणहरु भेटाउन सकिरहेका छैनन् । चिसोले हावा चलेर होला वाटामा मान्छेहरु त्यति हिडिरहेका छैनन् । कुकूरहरुले अचाक्ली भुकेर होला मान्छेहरु घर घरमा बसेर पनि सर्तक हुन थालेका छन् । के भएको हो ? के हुँदैछ ? छिन छिनमा आकाशमा मेघ गज्रिन्दैछ । कतैं कसैको घरमा त चटाङ्ग पर्ने होइन । कतै आज डरलाग्दो घटना त हुने होइन ? के थाहा, हुनेलाई त के भो र ! आफ्नै घरमा सब थोक पकाएर खान्छ । नहुनेले के खान्छ ? कसरी सुत्छ ? बाल बच्चाहरुलाई कसरी चित्त बुझाउँन्छन् । थाहा छैन, बच्चाहरु भन्ने गरिन्छ बा उनीहरुको जस्तो हाम्रो कहिले हुन्छ ? उनीहरु त जहिले पनि मीठो मीठो खानेकुराहरु खाइरहेको हुन्छन् । राम्रा राम्रा लुगाहरु लगाइरहेका हुन्छन् । राम्रो स्कूलमा पढिरहेको हुन्छन् । राम्रो राम्रो खेलौनाहरु लिएर खेलिरहेको हुन्छन् । राम्रो घरमा बसिरहेको हुन्छन् । तर बा हाम्रो कहिले घर हुन्छ ? कहिले मीठो खानेकुराहरु खान पाउँछ ? कहिले राम्रा राम्रा खेलौनाहरु खेल्न पाइन्छ । कहिले राम्रो स्कूलमा पढ्न पाउँछ ? बा हामी किन गरिब भएको होला ? के गरिवले वाँच्नु पर्दैन र ? सवैको घरमा घाम लागिरहेछ तर हाम्रो झुपडीमा किन घाम लाग्दैन ? यो त कस्तो अनौठो भो बा ? यौटा सूयैले पनि कतै घाम र कतै छायाँ मात्र दिन्छ र ? यो हुनैं सक्दैन तर भैरहेको छ । यौटा ईश्वरले पनि काखा पाखा गर्न सकिन्छ र ? खै मलाई त यस्तै लागि रहेछ ।
बा आज त अस्ती जोगाई राखेको एक मुठ्ठी अन्नको जाउँलो पकाएर खाएँ । भोलि के खाने होला ? किनकि बा आज साहुँको घरमा काम गर्न गएको छैन । त्यसैले हामी भोलि भोकैं रहने छौं । बाले कति काम गर्नु हुन्छ तर खै बा पसिनाको मूल्य ? कतै हामीलाई श्रम शोषण त गरिरहेको छैन ? कतै हामीलाई गरिब भनी हेपेर काम पो गराई रहेको छैन ? कतै हामीलाई मान्छे होइन पो भनिरहेको छैन ? कतै हामीलाई दास पो बनाई रहेको छैन ? नत्र यति धेरै काम गर्दा पनि किन थोरै ज्याला पाउँन्छ ? के हाम्रो पनि पेट पाल्नु पर्दैन र ? के हाम्रो पनि परिवार छैन र ? के हाम्रो पनि भविष्य छैन र ? के हाम्रो पनि जीवन होइन र ?
उनीहरुको झैं हाम्रो छैन
किन बा हाम्रो नभएको ?
हामी कति कति गछौं काम
खै उद्यम के उनीहरुको ?
लाग्छ यो संसारमा धेरै असमानता छ । भेदभाव छ । हेँला छ । घृणा छ । यो कहिलेसम्म चल्ने हो ? धनी–धनी भएर गरिब–गरिब भएर मान्छेहरुका वीच कहिले सम्म जीवन चलाउनु पर्ने हो ? साहूँको खेतमा यति धेरै दुःख गरेर धान रोपी अन्न भित्र्याउँदा पनि हाम्रो घरमा किन एक गेडा पनि धान हुँदैन ? किनहोला, हामी त श्रमजीवी हौ । श्रमको बदलामा यति थोरै ज्याला दिएर एक छाक पनि खान नपुग्ने किन पसिनाको फल दिएको होला ? अवश्य यसमा सोच्नु पर्छ । होइन भने श्रमजीवीको आन्दोलन हुनेछ । आगो बलेर ठाउँ ठाउँमा आगोका मुस्लाहरुले विभेदकारीहरुलाई संधाका लागि भष्म पारिने छ । तब मात्र यो आकाश र धरतीले पनि सुख र शान्तिपूर्वक जीउँन सकिने छन् ।
हामी अशान्ति चाहँदैनौ । हामी त शान्तिका पक्षघर हौं । अशान्तिले अहिले सम्म कसैको भलो गरेको थाहा छैन । त्यसैले यो विभेदको संग्रामलाई छोडेर आ–आफूले गर्न सक्ने कामहरु गर्न सक्नु पर्दछ । तबमात्र शान्ति पाउने छ । तब मात्र आशाका ज्योतिहरु बलिने छ । हामी मान्छे हौं । मान्छेले कसैलाई पनि भेदभाव गर्नु हुँदैन । किनकि हामी समान रुपमा आमाको गर्भवाट जन्मेका सन्तान हौ । अहिलेसम्म कसैले धन सम्पति लिएर जन्मेको थाहा छैन । यो त वाँच्नका निम्ति यही कमाएर यही छोडेर जाने सामल मात्र हो । त्यसैले मान्छे आफैमा भेदभाव छैन । तिमीसंग धेरै पैसा छ । म संग छैन । पैसा नभएकोले तिम्रो र मेरो जीवनका बाटाहरु नै फरक फरक छन् । तिम्रो बोलाई र लबजहरु पनि मेरो भन्दा धेरै फरक छन् । तिमी पैसाका कुराहरु मात्र गछौं । तिमी पैसाले मात्र संसार किन्न खाज्छौं । तिमी पैसाले मात्र मोजमस्ती गर्न चाहन्छौ । तिमी पैसाले मात्र पैसा कमाउन खोज्छौं । तर तिमीमा दया र मायाको अभाव छ । प्रेम र करुणाको अभाव छ । सत्मार्ग र सत्कर्मको अभाव छ । नयाँ सोच र जगत् कल्याणको अभाव छ । त्यसैले तिमीले जतिसुकै धन सम्पति कमाए पनि आखीर तिम्रो परिवारमैं पाप धुरीबाट कराउने छन् । कसैले कसैलाई नचिन्ने जस्तै पैसाको सम्वन्ध मात्र राख्ने छन् । तर म गरिब छु । म गरिब भएर पनि धनी छु । किनकि मेरो परिवारमा प्रेम, माया र स्नेह छ । सत्मार्ग र सत्कर्म छ । नयाँ सोच र गजत् कल्याणको चाहना छ । एक टुक्रा रोटी पनि टुक्रा टुक्रा पारेर सवैले खाने चलन छ ।
उनीहरुकाँ तर रासका रास
धान संधै थु्रप्रो लाग्छ ।
हाम्रो ता खैं यौटा गेडा
पनि आउन्न कतैवाट
बा ! मलाई त यो जीवन देखेर विरह लाग्न थाल्यो । यस्तो पनि समाज हुन्छ र ? जहाँ थिति छैन, वेथितिहरुको चाङ्ग छ । तहतह होइन सवै भताभूङ्ग छ । यो त समाजको कंलक हो बा ! ठूलो खाण्डल बनेर वारी र पारीको शीत युध्द छ । भनुस् न बा ! यो के भएको हो ? यो कहाँको चलन हो ? यसको अन्त्य त गनैं पर्छ । बा ! हामी त पैसा नभएर पो गरिव भयौं । तर हाम्रो मन त धनी छ । धनी मनले जे आँटिन्छ त्यहि हुन्छ रे बा ! त्यसैले हामीले विद्रोह गनैं पर्छ । आगोको झिल्को मात्र हामीले बाल्नु पर्छ । हुरु हुरु त्यसै बलेर सवै सखाप हुनेछ । यौटा नयाँ युगको जन्म भएर अर्को युगलाई पनि सिकाउने छ । भनुस् न बा ! के यो सत्य कुरा होइन र ? जुन कुरो मिलेको छैन, के हामीले पनि मिलाउनु पर्दैन र ? यो त हाम्रो पनि कर्तव्य हो । हामी कर्तव्यवाट कतिन्जेल भागी रहने ? सवैको घर छ तर हाम्रो घर छैन । सवैको खान पुग्छ तर हाम्रो घरमा अन्न छैन । के यो कुरा मैले उठाउन पाइदैन र ? समाजका खाण्डलहरु नदेख्ने मान्छेहरुलाई यहाँ खाण्डल छ भनी प्रश्न गर्न पाइदैन र ? त्यसैले बा ! आजकल मेरो मनमा उकुस मुकुस भैरहेको छ । कुनवेला ज्वालामुखी फुट्ने हो ? कुनवेला ज्वारभाट चल्ने हो ? कुनवेला आँधीवेरी आउने हो ? कुनवेला घनघोर बर्षा हुने हो ? थाहा छैन ।
भन्नुस् न बा ! यो के भा को ?
लाग्छ मलाई अति ननिको
उनीहरुको किन भो त्यस्तो
हाम्रो किन क्यै नभएको ?
म दिनभरी मेहनतले काम गरे पनि एक छाक खान गाह्रो छ । आज त खाईयो । हे ईश्वर ! भोलिको समय नआईदिए हुन्थ्यो । किनकि मसंग पैसा छैन । यो भौतिक संसारमा पैसा विना बाँच्न पनि मुस्किल हुदो रहेछ । कसले खुवाउँछ ? कसले दया गर्छ ? घाम पानीमा जति काम गरे पनि ज्याला त सित्तै दिनु परे जस्तो सोच्ने जमानामा गरिबको स्थान कहाँ छ भनी युगकवि सिद्धिचरण श्रेष्ठले प्रस्तुत कविता मार्फत प्रश्न उढाएको देखिन्छ । कसैले काम नगरी जति खाए पनि नसकने, कसैको हाड छाला घोटेर एक छाक खान पनि गाह्रो हुने यस्ता असमानता माथि युगकविले तुलना गरेको छन् । तिम्रो त सवै छ तर हाम्रो किन नभएको ? भनी राज्य माथि प्रश्न गदैं यस्ता असमान खाण्डलहरुलाई अनादेखी नगरी राज्यले तुरुन्तै पुर्नु पर्ने सल्लाह दिएका छन् ।
