Rato Kagaj पल पलको खबर

२०८२ असार २६ | Jul 10, 2025

किशोरजंग कार्की प्रभु बैंक लिमिटेडको अध्यक्षमा चयन

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २६

ललितपुर । प्रभु बैंक लिमिटेडको अध्यक्षमा किशोरजंग कार्की चयन भएका छन् । बैंक सञ्चालक समितिकोे बिहीबार बसेको बैठकले कार्कीलाई सर्वसम्मत रूपमा अध्यक्षमा नियुक्त गरेको हो ।

कार्की १७ वैशाख २०८१ मा प्रभु बैंकको सञ्चालक समितिमा नियुक्त भएका थिए । यसैगरी प्रभु बैंकको सञ्चालक समितिले इन्डिपेन्डेन्ट डाइरेक्टरमा रमेशराज अर्याललाई नियुक्त गरेको छ ।

बैंकिङ क्षेत्रमा करिब तीन दशक लामो अनुभव बोकेका अर्याल स्ट्यान्डर्ड चार्टर्ड बैंक हुँदै कुमारी बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा कार्यरत रहिसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया