कुमारी बैंकको २२ औँ साधारणसभा सम्पन्न
काठमाडौं २१ कार्तिक २०७९।
कुमारी बैंक लिमिटेडको २२ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको संचालक समितिका अध्यक्ष अमिर प्रताप ज. ब. राणाको अध्यक्षतामा सोमबार साधारण सभा सम्पन्न भएको हो ।
सो सभाबाट आर्थिक वर्ष २०७८/७९ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७८/७९ आषाढ मसान्त सम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण पारित भएको छ । साथै आर्थिक वर्ष २०७९/८० को लागि वाह्य लेखा परीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरिएको छ । त्यस्तै बैंकका शेयरधनीहरुलाई कर प्रयोजन सहित चुक्ता पूँजीको १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत सो पारित गरिएको छ ।
कुमारी बैंक लिमिटेडका २३३ सेवा केन्द्रहरु (१९९ शाखा र ३४ एक्सटेन्सन काउण्टर) तथा १९५ वटा एटीएमहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । कुमारी बैंक लिमिटेडको आर्थिक वर्ष २०७८/७९ मा चुक्ता पूँजी १४ अर्व ७१ करोड भन्दा बढी रहेको छ । आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमाससम्म निक्षेप १ खर्व ७३ अर्ब र कर्जा, सापटी तथा अधिविकर्ष १ खर्व ६१ अर्व तथा नाफा १ अर्ब १४ लाख रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया