२०८२ असार २६

ललितपुर । ‘संघीय निजामती सेवा विधेयक २०८०’ को कुलिङ अफ पिरियडसम्बन्धीको व्यवस्था तोडमोड गरिएको विषयमा छानबिन समिति गठन गर्न सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १८० बमोजिमको प्रस्ताव गरेका छन् । समितिको टीओआर र समयावधि तथा सदस्यको नामावलीबारे प्रस्ताव गर्न उनले दलहरूसँग माग गरेका छन् ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बिहीबार अपरान्ह सभामुख घिमिरेले कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले मुख्य सचेतक महेशकुमार बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग उनले छलफल गरेका हुन् ।
आगामी असार २३ गते बस्ने प्रतिनिधिसभाको बैठक अगावै दलहरूबीच समझदारी गरेर कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामा समितिको प्रस्ताव गर्ने दलहरूबीच सहमति भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया