सुनवल । नवलपरासीको सुनवलमा एक युवकले कोदालो प्रहार आफ्नै बुवा समेत दुई जनाको हत्या गरेका छन् ।
पश्चिम सुनवल नगरपालिका–२, अवरैयाका २७ वर्षीय हेमराज थारुले आफ्ना बुबा ५० वर्षीय जयराम थारू र ७० वर्षीय छिमेकी नाथु धरिकारलाई कोदालो प्रहार गरी हत्या गरेको इलाका प्रहरीले नवलपुरले जनाएको छ ।
इलाका प्रहरी नवलपुरका अनुसार हेमराजले बुबा जयराम थारूको घाँटीमा कोदालो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो । त्यसपछि उनले छिमेकी नाथु धरिकारलाई पनि टाउको र घाँटीमा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्याको कारण हालसम्म खुल्न सकेको छैन ।
इलाका प्रहरी कार्यालय नवलपरासीले अभियुक्त हेमराज थारुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बडाइरहेको छ ।