|
|
२०७७ आश्विन २६
153 views
काठमाडौं -कोरोना संक्रमण भएको व्यक्तिले लोक सेवा आयोगको परीक्षा दिन नपाउने भएका छन् ।आयोगले परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड जारी गर्दै कोभिड–१९ संक्रमित र आइसोलेसनमा बसेका व्यक्तिहरूले परीक्षा दिन नपाउने जनाएको हो ।
आयोगको परीक्षा दिनका लागि परीक्षार्थी आफू संक्रमित भए/ नभएको स्वयंले घोषणा गर्नुपर्नेछ। आयोगबाट सञ्चालन हुने प्रयोगात्मक र सीप परीक्षण सम्बन्धी परीक्षा, अन्तर्वार्ता, सामुहिक छलफल, प्रस्तुतीकरणलगायतका कार्य सञ्चालन गर्दा समेत स्वास्थ्य सुरक्षासँग सम्बन्धित विषयमा यस मापदण्डको पालना गर्नुपर्नेछ।उक्त मापदण्डको पालना नगरेको खण्डमा प्रचलित कानून बमोजिम कारवाही हुने समेत आयोगले जनाएको छ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया