
ललितपुर नेपालका क्लिनिकल प्याथोलोजिस्टहरूको सङ्घ (एसिपीएन) को १२औँ राष्ट्रिय सम्मेलन आज सम्पन्न भएको छ । एक दिने सो सम्मेलन सङ्घ तथा इन्टरनेशनल एकेडेमी अफ प्याथोलोजी, नेपाली शाखाले आयोजना गरेको हो । सङ्घका अध्यक्ष प्राडा अभिमन्यू झाले हरेक वर्ष एउटा मुख्य विषयवस्तुमा केन्द्रित रहेर सम्मेलन आयोजना गर्दै आएको जानकारी दिनुभयो । यसवर्ष सम्मेलन ‘महिलाको स्वास्थ्य सशक्तीकरणः रोग पहिचानमा सूक्ष्मता’ विषयमा केन्द्रित रहेर छलफल गरिएको थियो । अध्यक्ष झाले भन्नुभयो, “हामीले यो वर्ष महिला स्वास्थ्यलाई प्राथमिकतामा राख्याँै । विशेषगरी पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सरसम्बन्धी विषयवस्तुमा कार्यपत्र प्रस्तुत गरिएको छ ।” उहाँकाअनुसार सम्मेलनमा भाग लिन भारत, नर्वे, चीन, अमेरिकालगायत देशबाट विज्ञहरुसहित ३०० बढीको सहभागिता थियो । सङ्घले यो सम्मेलन हरेक वर्ष गर्दै आएको छ । सङ्घमा ४०० प्याथोलिजिस्ट आबद्ध छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया