काठमाडौं । भ्वाइस अफ नेपाल सिजन–६ को ग्राण्ड फिनाले भव्यतापूर्वक सम्पन्न भएको छ । यस वर्षको उत्कृष्ट चार प्रतिस्पर्धी –रोशन राई, प्रोशेश पाण्डे, प्रमेश राई र अर्पणा आचार्य मध्ये प्रोशेष पाण्डेले विजेताको उपाधि जितेका छन् ।
यस सिजनको शीर्ष प्रायोजक क्लोजअपले विजेता प्रोशेश पाण्डेलाई १ लाखको नगद पुरस्कार प्रदान गरेको छ । सो पुरस्कार युनिलिभर नेपालका कानून प्रमुख तथा कम्पनी सचिब गोविन्द शाहीद्वारा प्रदान गरिएको थियो ।
क्लोजअपले सधैं संगीत र आत्मविश्वासको आत्माको साथ आफूलाई जोड्दै आएको छ । ताजगी र नजिकिने आत्मबल मार्फत् मानिसहरूलाई जोड्ने ब्रान्डको मान्यतासँग मेल खाने गरी, क्लोजअपको यो साझेदारी केवल ब्रान्ड प्रबद्र्धन मात्र नभई युवा प्रतिभालाई अभिव्यक्तिका लागि प्रोत्साहित गर्ने उत्सव थियो ।
क्लोजअपले सधैं आत्म–अभिव्यक्ति र ताजगीको विश्वासमा अडिग रही मानिसहरूलाई एक–अर्कासँग नजिक ल्याउने प्रयास गर्दै आएको छ । भ्वाइस अफ नेपाल सिजन–६ जस्तो प्लेटफर्मसँगको सहकार्यले हामीलाई नयाँ प्रतिभालाई उजागर गर्न र सम्पूर्ण दर्शकसँग जोडिन सघाएको छ,”क्लोजअपका प्रतिनिधिले बताए ।