खानी-खोला जलविद्युतमा निष्कासन भन्दा ७३ गुणा बढी रकमको सेयर माग
काठमाडौं २० जेस्ठ ।
हालै साधारण सेयरको लागि आबेदन खुलायाको खानी खोला जलविद्युत आयोजनामा सयेरको लागि एक लाख ३५ हजार आवेदन परेको छ । हिजो बुधबार निष्कासन बन्द भएको खानी खोला जलविद्युत आयोजनामा सेयर भर्न सर्वसाधारण लगानीकर्ताको निकै ठूलो भिड लागेको थियो ।
सेयर निष्कासन भएको भन्दा करिब ७३ गुणा बढी रकमको सेयर माग भएको छ । विहीबार संकलित तथ्यांक अनुसार ६ अर्ब ८२ करोड रुपैयाँको आवेदन परेको सिभिल क्यापिटलका अधिकारीहरुले बताएका छन् ।
१ हजार रुपैयाँ देखि १ करोड रुपैयाँसम्मको सेयर भर्न पाउने व्यवस्था थियो । एक हजार रुपैयाँमै सेयर भर्न पाउने भएको कारण पनि आवेदकहरुको सख्या धेरै भएको विश्लेषण गरिएको छ ।
माग गरियको भन्दा ७३ गुणा बढी रकमको सेयरका लागि आवेदन परेकोले लगानीकर्ताले गोलाप्रथामा सेयर पाउने बताइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया