काठमाडौँ । काठमाडौँ महानगरापलिकाले जथाभावी अर्थात् कुनै पनि खुला स्थानमा फोहर नबाल्न महानगरवासीलाई आग्रह गरेको छ । खुला स्थानबा बालिने प्लास्टिकजन्य फोहरबाट निस्कने धुँवा मानव स्वास्थ्यका लागि हानिकारक हुने भएकाले जथाभावी फोहर नबाल्न महानगरले आग्रह गरेको हो ।
काठमाडांैमा बढिरहेको प्रदुषका कारण मानव स्वास्थ्य जोखिममा परिरहेकाले महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख सरीता राईले प्रदुषित बायुले विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र मुटुका रोगीलाई सबैभन्दा बढी हानि गर्ने बताएकी छन् ।
यसैगरी काठमाडौं महानगरबाट फोहर सङ्कलन गर्न आउने सवारी साधनमा सबै किसिमका फोहर विसर्जन गर्न उनले महानगरवासीलाई अनुरोध गरेकी छन् । उद्योग कलकारखानालाई ‘प्रदूषण नियन्त्रण मापदण्ड,२०८१’ अनुसार गर्न पनि विभाग प्रमुख राईले आग्रह गरिन् ।