ललितपुर । बाथ एक प्रकारको दीर्घ रोग हो तर सामान्य जनमानसमा बाथ भन्ने बित्तिकै युरिक एसिड नै हो भन्ने गलत बुझाइ छ । नेपालमा खास गरी तीन प्रकारका बाथरोग देखिएको छ । गठिया बाथ, जोर्नी खिइने बाथ र मांसपेशीको बाथ ।
गठिया बाथ रोग जुनसुकै उमेरका व्यक्तिमा पनि हुनसक्छ । यो रोग पुरुषमा भन्दा महिलामा तीन गुणा बढी देखिने बाथ रोग विशेषज्ञ डा कल्पना पुडासैनीले जानकारी दिएकी छन् ।
पाटन एकेडेमी अफ हेल्थ साइन्सबाट रिम्याटोलोजीमा फेलोसिप प्राप्त कन्सल्टेन्ट बाथरोग विशेषज्ञ डा पुडासैनीले बिजनेस पाटी सँग कुराकानी गर्दै गठिया बाथको मूल उपचार भनेकै चिकित्सक सँगको परामर्शमा बाथ नियन्त्रणका औषधि प्रयोग भएको जानकारी दिएकी छन् ।
। हात–खुट्टाका साना–ठूला जोर्नी दुख्ने, सुन्निने, बिहान उठ्दा हात कक्रक्क पर्ने गठिया बाथका सुरुवाती मुख्य लक्षण भएको र लक्षण देखिएपछि समयमै उपचार भएन भने बिस्तारै जोर्नी बाङ्गिँदै जाने बताइन् । थप भिडियो वार्तामा ।