काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सिंगटी हाइड्रो इनर्जी लिमिटेडले १३ करोड भन्दा बढी नाफा कमाउन सफल भएको छ । चालु आर्थिक वर्षमा कम्पनीले कुल १३ करोड ४३ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा कम्पनी ३ करोड २१ लाख रुपैयाँ घाटामा थियो ।
कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ५३ करोड ७२ लाखबाट बढेर ५५ करोड १६ लाख रुपैयाँ पुगेको छ । त्यसैले पनि नाफामा राम्रो सुधार आएको हो । कम्पनीको अन्य आम्दानी २२ लाख रहेको छ । त्यस्तै, वित्तीय खर्च ३६ करोड ८६ लाखबाट घटेर २० करोड ८२ लाख कायम भएको छ ।
कूल २ अर्ब ९० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जम्मा नाफा ९५ लाख १७ हजार रुपैयाँ छ । सेयर प्रिमियममा २५ करोड ११ लाख रुपैयाँ छ भने इपीएस ४.६३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १०८.९९ रुपैयाँ रहेको छ ।