ललितपुर । मंगलवार बसेको गभर्नर सिफारिस समितिको बैठक सम्पन्न भए लगत्तै अर्थमन्त्री विष्णु पौडेल बालुवाटार हिँडेका छन् ।
सिफारिस समितिले पहिलो नम्बरमा अर्थशास्त्री विश्व पौडेलको नाम सिफारिस गरेको छ । उनि संगै अन्य दुईजनाको नाम गभर्नरमा सिफारिस भएको छ ।
विश्व पौडेललाई गभर्नर नियुक्ति गर्ने यसअघि नै राजनीतिक सहमति भइसकेको छ । आज बस्ने मन्त्रिपरिषद्को बैठकले नयाँ गभर्नर नियुक्त गर्ने छ ।