२०८२ पुष ३० | Jan 14, 2026

गभर्नर छनोट सिफारिस समितिमा महाप्रसाद अधिकारी

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख १८
|
510 views

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर छनोट सिफारिस समितिको रिक्त सदस्य पदमा सरकारले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ। मन्त्रीपरिषद्को बुधबार बसेको बैठकले अधिकारीलाई सिफारिस समितिमा राख्ने निर्णय गरेको हो।

गत साता गभर्नर छनोट सिफारिस समितिको भूमिका नरहेको भन्दै पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त पदमा अधिकारीलाई नियुक्त गयिरएको हो ।

गत चैत १० चैत गते उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा गठित समितिका सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको पदमा अधिकारीलाई ल्याउने निर्णय गरेको हो।

गत चैत २४ मा अधिकारी पाँचवर्षे कार्यकाल पूरा गरी सेवानिवृत्त भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया