काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन् । गभर्नर बन्ने पक्का भएपछि भट्टले राजीनामा दिएको बुझिएको छ ।
लामो छलफलपछि सत्तारूढ दलहरू नेपाली काँग्रेस र नेकपा एमाले बीच बुधवार गभर्नरको नाममा सहमति गरेका थिए । छलफलका क्रममा नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले गुणाकर भट्टको नाम प्रस्ताव गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले समर्थन जनाए पश्चात् लगभग राष्ट्र बैंकले गर्भनर पाउने पक्कापक्की भएको छ ।
शुक्रवार अर्थमन्त्री बिष्णु पौडेल संयोजक रहेको छनौट समितिले भट्टसहित तीन जनाको नाम मन्त्रिपरिषदमा पेश गर्ने र आजको मन्त्रिपरिषदको बैठकले नयाँ गभर्नर नियुक्ति गर्ने सम्भावना प्रवल छ ।