२०८२ असार २६

काठमाडौं । सामाजिक सञ्जालबाट गायिका एलिना चौहानको चरित्रहत्या गरेको आरोपमा बिहीबार पक्राउ परेका चितवनको भरतपुर नगरपालिका–१० का गुञ्जन राईमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई तीन दिनको अनुमति दिएको छ ।
राईलाई नेपाल प्रहरीको साइबर ब्युरोले ललितपुरको गोदावरी नगरपालिका–१४, बाँडेगाउँबाट पक्राउ गरेको थियो ।
ब्युरोले उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान गरिरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया