Rato Kagaj पल पलको खबर

२०८२ असार २६ | Jul 10, 2025

गायिका रचना रिमालको स्वास्थ्य अवस्थामा क्रमिक सुधार -अझै केही दिन अस्पतालमै रहनु पर्ने

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २६
फाइल तस्विर

ललितपुर । गायिका रचना रिमालको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भएको छ । ह्याम्स अस्पतालमा उपचारका लागि भर्ना भएकी रचनाको डा अनुज पराजुली सहित टिमले हेरिरहेको छ ।
उपचारका लागि अझै केही दिन अस्पतालमै रहनु पर्ने रचनाको परिवारका सदस्यले बिजनेस पाटीलाई जानकारी दिएका छन् । सङ्क्रमणले सानो आन्द्रा ,ठूलो आन्द्रा र पेटमा पनि केही समस्या देखिएको छ ।

रुकुम पश्चिम सानिभेरीको बेलटापुमा सञ्चालन भइरहेको महोत्सवमा प्रस्तुति दिन पुगेकी रचनाको अचानक पेट दुखेपछि उनलाई नेपालगन्ज हुँदै काठमाडौँ ल्याइएको हो । उनको अस्पतालको क्याबिनमा राखेर उपचार भइरहेको छ ।

सुरुमा उनलाई सेनाको हेलिकोप्टर मार्फत नेपालगन्ज ल्याइएको थियो । त्यसपछि काठमाडौँमा ल्याएर उपचार थालिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया