२०८२ फाल्गुन ५ | Feb 17, 2026

गार्डियन माइक्रो लाइफको शेयर रजिष्ट्रारमा हिमालयन इन्भेष्टमेन्ट बैंकर नियुक्त

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ३
|
306 views

ललितपुर। गार्डिन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर रजिष्ट्रारमा हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड नियुक्त भएको छ।

आगामी दिनमा कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण काम हिमालयन इन्भेष्टमेन्ट बैंकरले गर्ने भएको छ ।

आज (मंगलबार) गार्डिन माइक्रो लाइफको रजिष्ट्रर्ड कार्यालयमा आयोजित एक समारोहमा हिमालयन इन्भेष्टमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमेर शम्शेर जबरा र गार्डियन माइक्रो लाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले शेयर रजिष्ट्रार नियुक्ति सम्बन्धी विषयमा हस्ताक्षर गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया