गुडविल फाइनान्सको २६औं वार्षिक साधारणसभा सम्पन्न

काठमाण्डौ २९ पौष २०७७।
गुडविल फाइनान्स लिमिटेडको २६औ वार्षिक साधारणभा होटल क्राउन इम्पेरियल, रबिभवन, काठमाडौंमा आज विद्युतीय माध्यमबाट सम्पन्न भएको छ । उक्त बार्षिक साधारण सभामा कम्पनीका अध्यक्ष विश्व प्रकाश साखःले आ.व. २०७६-०७७ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

गुडविलले सो अवसरमा निक्षेपतर्फ गत आ.व.को तुलनामा २३.१८ प्रतिशतले वृद्धि गरी रु.८,४९,३९,९८,७१७ तथा कर्जातर्फ १५.८८ प्रतिशतले वृद्धि गरी रु. ६,८४,०५,४५,५०४ पु¥याएको जानकारी दिएको छ ।
संस्थाका अध्यक्ष विश्व प्रकाश साखःले प्रस्तुत गर्नुभएको आ.ब. २०७६-०७७ को आय व्यय विवरण तथा उक्त आ.व.को नाफाबाट ८.४प्रतिशत बोनस शेयर तथा ३.६ प्रतिशत नगद लाभांश गरि जम्मा १२ प्रतिशत वितरण गर्ने प्रस्ताव सभाले सर्वसम्वत रुपमा पारित गरेको छ ।

सो अवसरमा सस्थाका प्रमुख कार्यकारी अधिकृत श्री सरोज काजी तुलाधरज्यूले गत बर्ष विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९का कारण नेपाल सरकारले घोषण गरेको बन्दाबन्दी तथा यसबाट उत्पन्न भएका अन्य विविध समस्याका कारण सम्पूर्ण आर्थिक गतिविधि लगायत नियमित व्यवसायमा समेत उत्पन्न हुन गएको शिथिलताका बाबजुद पनि वित्तीय संस्थाले अपेक्षाजनक रुपमै कार्य गर्दै लगानीकर्ताहरुलाई गत बर्ष भन्दा बढी प्रतिफल दिन सकेको सभामा जानकारी गराउनुभयो ।

जुम मिटिङ मार्फत सम्पन्न भएको साधारण सभामा बोल्ने शेयरधनीहरुले वित्तीय संस्थाले यस बर्ष थप प्रगति गरी अझ बढि प्रतिफल प्राप्त गर्न सकियोस भनि शुभकामना दिनुभएको थियो ।

साथै साधारण सभाले पारित गरेको उक्त आ.व.को ३.६प्रतिशतले हुन आउने नगद लाभांश सोहि दिन शेयरधनीहरुको खातामा पठाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया