ललितपुर । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको सचिवालयमा रहेकाहरु नै मुछिएको भनेर गृहमन्त्रीमाथि छानबिन हुनुपर्ने दबाब बढीरहेको बेला गृहमन्त्रीको बर्खास्तीको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।
अधिवक्ता मधु चौलागाईंले शुक्रबार सर्वोच्चमा रिट लगेका हुन् । रिट दर्ता हुन भने बाँकी रहेको छ । रिट दर्ता गर्ने कि नगर्ने भन्ने विषयमा आइतबार सर्वोच्च प्रशासनले निर्णय गर्ने जनाइएको छ ।
भिजिट भिसामा जाने नेपालीहरूसँग कम्तीमा पनि ५० हजारदेखि तीन लाख रुपैयाँसम्म असुल गरेको पाइएको छ भने उक्त गिरोहको ‘कनेक्सन’ गृह मन्त्रालयसम्मै पुगेको भन्दै गृहमन्त्री लेखकको आलोचना भैरहेको छ ।