ललितपुर । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले भ्रष्टाचारको आरोप लागेका गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई तत्काल बर्खास्त गर्न माग गर्दै पार्टी सभापति एवम संसदीय दलका नेता शेरबहादुर देउवालाई पत्राचार गरेका छन् ।
बजगाईंले पार्टीको प्रतिष्ठा जोगाउन र संस्थागत शुद्धीकरण गर्न विवादमा मुछिएका तथा भ्रष्टाचार आरोप लागेका दुबै जना मन्त्रीलाई तत्काल बर्खास्त गर्न माग गरेका छन् । यस्तै बजगाईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेको नेतृत्वमा रहेको मन्त्रालयले देशको पर्यटन क्षेत्रलाई नै तहसनहस बनाएको आरोप लगाउदै बर्खास्त गर्न माग गरेका छन् ।