ग्लोबल आइएमई बैंकका ग्राहकलाई मेट्रो मार्टमा स्मार्ट क्यूआरमार्फत सामान किन्दा १० प्रतिशत छुट

काठमाण्डौ ३ चैत्र २०७९ ।ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई मेट्रो मार्टका काठमाडौं भित्रका स्टोरहरूबाट स्मार्ट क्यूआरमार्फत सामान किन्दा १० प्रतिशत सम्म डिस्काउन्ट उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।यस योजना अन्र्तगत ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ्ग ए्यापबाट मेट्रो मार्टमा राखिएका स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत डिस्काउन्ट पाइनेछ । एक पटकको खरिदको रु. १०० सम्म र योजना अवधिभररु. ३०० सम्म डिस्काउन्ट पाइनेछ ।यो योजना सिमित अवधिका लागि काठमाडौं उपत्यकाभित्रका मेट्रो मार्टको जोरपाटी, सानेपा, र पेप्सीकोला स्थित स्टोरहरुमा लागू हुनेछ ।बैंकले आफ्नाग्राहकको सुविधालाई मध्यनजर गरीसमय–समयमा यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्ष रुपमा लावान्भित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । मुलुकको लगभग सबै वित्तीय सूचकाङ्कहरुमा पहिलो बैंकले ३६४ शाखा कार्यालय, ३६३ एटिएम, ३२१ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सनतथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिकप्रतिनिधिकार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाखभन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया