२०८२ मंसिर २६ | Dec 12, 2025

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण ७
|
357 views

ललितपुर । ग्लोबल आइएमई बैंकले आफ्ना ग्रहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट दिने घोषणा गरेको छ ।
यो सुविधा सम्बन्धी समझदारीपत्रमा बैंकका सहायक महाप्रबन्धक तथा चिफ मार्केटिङ अफिसर दिलिप पोखरेल र अन्नपूर्ण न्यूरो अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा। शरद हरी गजुर्यालले हस्ताक्षर गरेका हुन्।

समझदारीअनुसार ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक र मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरूले हेल्थ प्याकेज, प्याथोलोजी, रेडियोलोजी, एम्बुलेन्स सेवा, बेड शुल्क, सर्जरीलगायत अस्पतालका विभिन्न सेवामा छुट पाउनेछन्।
नशा रोगका लागि विशेष मानिने अन्नपूर्ण न्यूरो अस्पतालले अन्य विशेषज्ञ सेवा पनि दिँदै आएको छ। बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै समय सान्दर्भिक योजनाहरू ल्याउने क्रममा यो नयाँ सहकार्य गरेको हो।

ग्लोबल आइएमई बैंक ‘ग्लोबल फाइनान्स’को बेष्ट बैंक अवार्ड २०२४ र २०२५ तथा ‘युरोमनी अवार्ड फर एक्सेलेन्स २०२४’ अन्तर्गत दुई विधामा नेपालको उत्कृष्ट बैंक घोषित भएको छ। साथै, बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट पनि सम्मान प्राप्त गर्दै आएको छ।

सातै प्रदेश र ७७ जिल्लामा सेवा विस्तार गरेको ग्लोबल आइएमई निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकसँग ३५२ शाखा, ३८४ एटिएम, १५५ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्र छन्।

बैंकले देशभर प्रभावकारी बैंकिङ सेवा दिनुको साथै अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, कोरिया, जापान, खाडी मुलुक लगायतबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आइरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया