
ललितपुर । ग्यार्को फ्लाइओभरको काम लगभग अन्तिम चरणमा पुगेको छ । करिव एक साता पछि अर्थात् असारको पहिलो साताभित्रै सञ्चालनमा आउनेगरी तीव्र गतिमा काम भइरहेको सडक विभागले जनाएको हो । कुल १७ करोड ६ लाख लागतमा निमार्णाधिन उक्त फ्लाइओभरको काम समयमा नसकिँदा त्यो रुट भएर चल्ने सवारीसाधन घन्टौसम्म पनि जाममा पर्ने गरेका छन् ।
वर्षात्को समय भएकोले अब बाँकी काम ठ्याक्कै यतिनै दिनमा सकिन्छ भन्न नसकिए पनि ठूलो पानी परेर काममा अवरोध नपु¥याए यही असारको पहिलो साताभित्र ग्वार्को फ्लाइओभर सञ्चालनमा ल्याउने तयारीका साथ काम अगाडि बढिरहेको छ ।
विभागका अनुसार फ्लाइओभरमा लोड टेस्टलगायतका काम गरिसकिएको र कालोपत्रे तथा फिनिसिङलगायतका काम भइरहेको छ । यसपालीको बर्षा सुरु भइसकेको छ । यदि वर्षाले नबिथोलेको खण्डमा आगामी असार पहिलो हप्ताभित्र फ्लाइओभर सञ्चालनमा आउने छ ।
‘आज जेठ २९ गतेको गतिविधि हेर्दा फ्लाइओभरका धेरैजसो काम सकिएको छ । पुलको लोड टेस्टलगायतका काम सकिइसकेको छ । केही फिनिसिङलगायतका काम बाहेक परियोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको र ठूलो पानी परेर काममा बाधा नपुगे आगामी असार पहिलो हप्तादेखि नै सञ्चालनमा आउने विभागले जनाएको छ ।
ठेक्का सम्झौताअनुसार, परियोजना यो फ्लाइओभर दुई वर्षभित्र बनिसक्नु पर्ने हो । ठेकेदारले निर्माणकार्यमा तदारुकता नदेखाउँदा २०८१ असार मसान्तसम्म सकिनुपर्ने उक्त परियोजना अहिलेसम्म पूरा हुन सकेको छैन । हालसम्म परियोजनाको भौतिक प्रगति ८२ प्रतिशत मात्र सकिएको छ । खासगरी, निर्माण कम्पनी सुरुवाती डिजाइनअनुसार काम गर्ने बेला पुनः डिजाइन परिवर्तन गर्नेलगायतका विषयमा अल्झिएका कारण साइटमा काम हुनै पाएको थिएन । निर्माण व्यवसायीका अनुसार ग्वार्को फ्लाइओभरको ठेक्का २० प्रतिशतभन्दा कम बोलकबोलमा तीन निर्माण कम्पनीहरु आशिष निर्माण सेवा, समानान्तर निर्माण सेवा र रेलिगियर निर्माण कम्पनीको संयुक्त पार्टनरसीपमा ठेक्का सम्झौता भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया