काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले घटेको मूल्यको आधारमा नयाँ मूल्य सार्वजनिक गरेको हो।
निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ, डिजेल तथा मट्टितेलको १ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४ रुपैयाँ र अन्तरराष्ट्रियतर्फ काठमाडौँका लागि प्रति किलो लिटर अमेरिकी डलर २९ ले घटाएको हो।
निगमले एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् नै राखिएको जनाएको छ।