काठमाडौं । आज नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ । बुधबार सुन प्रतितोला ७ सय रुपैयाँका दरले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज बजारमा चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँका दरले घटेर एक हजार ९६५ रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँ खरिदबिक्री भएको थियो ।