ललितपुर । आज नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ । मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २०० रुपैयाँ घटेको हो । जस अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ९०० रुपैयाँ कायम भएको छ । सोमबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ९१ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतीतोला १० रुपैयाँले घटेको हो । जसअनुसार आज चाँदी प्रतीतोला एक हजार ९९५ रुपैयाँ खरिदबिक्री भइरहेको छ । सोमबारको बजारमा चाँदी प्रतीतोला दुई हजार ५ रुपैयाँ खरिदबिक्री भएको थियो ।