सङ्गीतकार तिमल्सिनाकी श्रीमती बबिता खनालले पनि गीत लेख्छिन् । यसै गरी छोरी समृद्धि तिमल्सिनाले पनि गीत गाउने गर्छिन् । उनी नेपालको प्रथम बाल गजल गायिका पनि हुन् । समृद्धिले प्रसिद्ध गीतकार तथा गजलकार लोकराज अधिकारीले लेखेको ‘भए पनि अफगान छातीभरि दुख्छ देश’ बोलको गजल १ १ वर्षको उमेरमा रेकर्ड गराएर सार्वजनिक गरेकी हुन् ।
ललितपुर । गायक तथा सङ्गीतकार चक्रपाणि तिमल्सिनाको सङ्गीतमा ‘हे युवा’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ ।गीतका शब्द प्रसिद्ध गीतकार लोकराज अधिकारीले लेखेका हुन् । पहिले नै सङ्गीत तयार भएको ट्र्याकमा देशको समसामयिक विषय बस्तुमा आफूले चाहेको जस्तो शब्द गीतकार अधिकारीले लेखिदिएको सङ्गीतकार तिमल्सिनाले बताएका छन् ।
गीतले निराशा चिर्न, बढ्दो युवा पलाएन रोक्न युवा अघि सरेर वर्तमान प्रणालीमा हस्तक्षेप गर्ने बेला आएको सन्देश दिँदै आव्हान पनि गरेको छ । गीतमा चर्चित गायक तथा सङ्गीतकार गोविन्द मधुर आचार्य र चर्चित गायिका अस्मिता अधिकारीको स्वर रहेको छ । सङ्गीत संयोजन आचार्यले नै गरेका छन् । लिरिकल भिडियोको सम्पादन वीरेन्द्र भाट विपिनले गरेका हुन् । नयाँ गीत उनको आफ्नै अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।