ललितपुर । चालु आर्थिक वर्ष २०८२र८३ को बजेट कार्यान्वयनमा अघिल्लो वर्षको तुलनामा कमजोर देखिएको छ । बजेट कार्यान्वयनमा आएको करिव तीन महिनाको समयावधिमा १७.२ प्रतिशतमा मात्र खर्च भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ०.६६ प्रतिशतले कम हुन आउँछ ।
पछिल्लो समय सृजित विषम परिस्थितिको कारण र सुस्त सरकारी कार्यशैलीका कारण चालु आर्थिक वर्षको बजेट कार्यान्वयमा समेत प्रभाव देखिएको छ ।
महालेखा नियन्त्रक कार्यालयकाअनुसार सरकारले असोज २५ गतेसम्म कुल राजश्व लक्ष्यको १४.७९ प्रतिशत उठाएको छ । अघिल्लो वर्षको यस अवधिसम्म सरकारले कुल राजस्व १६.६६ प्रतिशत उठाइसकेको थियो ।
चालु आवको तेस्रो महिना सकिनै लाग्दा पनि सरकारले कुल बजेट १७.२ प्रतिशत खर्च गरेको छ । अघिल्लो आवको यही अवधीमा सरकारले १७.६८ प्रतिशत बजेट खर्च भएको थियो । कुल बजेट मध्ये चालु आवको समीक्षा अवधीमा तलब भत्तासहितमा हुने खर्च अर्थात चालुतर्फ विनियोजित बजेटको २०.११ प्रतिशत बजेट खर्चेको छ भने विकास बजेट एकदमै कम अर्थात् विनियोजितको ८ प्रतिशत मात्रै खर्चेको छ ।

















फेसबुकबाट तपाईको प्रतिक्रिया