काठमाडौं । बजारमा चिनीको खुद्रा मूल्य बढेको छ।
नेपाल खुद्रा व्यापार संघको पछिल्लो तथ्यांकले चिनीको खुद्रा मूल्य बढेको देखाएको हो। संघले १५/१५ दिनमा खाद्यान्नको मूल्य सार्वजनिक गर्दै आएको छ। सोही अनुसार १५ दिनअघिको तुलनामा चिनी प्रतिकिलो ३ रूपैयाँले बढेको छ।
संघले सार्वजनिक गरेको चैत १ गतेको तथ्यांक अनुसार बजारमा चिनी एक सय दुई रूपैयाँ कारोबार भइरहेको थियो भने चैत १५ को तथ्यांकअनुसार बजारमा चिनीको खुद्रा मूल्य प्रतिकिलो एक सय पाँच रूपैयाँ पुगेको छ।