काठमाडौं । नागरिक विद्रोह सचिवालय सदस्य एवं सम्पर्क प्रमुख चिरञ्जीवी भट्टराईले राष्ट्रवादी नेपाली पात्रो तयार पारेका छन् । राष्ट्र र राष्ट्रियता जोगाउने अभिभारा अब आम नेपाली नागरिकमा आएको छ भन्ने आफ्नो विचारलाई प्रत्येक नागरिकको घरसम्म पुर्याउनका लागि भट्टराईले यो पात्रो तयार गरेका हुन् ।
नागरिक विद्रोह सचिवालय सदस्य एवं सम्पर्क प्रमुख चिरञ्जीवी भट्टराईले भोली (शनिबार चैत्र ३० गते) एलो पेगोडा होटल काठमाडौंमा एक कार्यक्रमका बीच पात्रो विमोचनको तयारी गरेका छन् विमोचन पश्चात् विक्रीका लागि बजार पठाइने तयारी गरिएको हो । शनिबार हुने विमोचन कार्यक्रममा समाजका विशिष्ट व्यक्तिहरू, राजनीतिक व्यक्तिहरू एवं स्वतन्त्र विचारकहरुलाई विशिष्ट अतिथिको रुपमा बोलाइएको जानकारी पनि भट्टराईले दिए ।