काठमाडौँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्दोलनको घोषणा गरेको छ । मंगलबार काठमाडौंमा बसेको राप्रपा आन्दोलन परिचालन मूल समितिले पार्टी पूर्णरुपमा उपत्यका केन्द्रीत आन्दोलनमा होमिने निर्णय गरेको हो । बैठकले चैत्र २६ गते काठमाडौंमा बागमती प्रदेशस्तरीय विरोधसभा सहितको प्रदर्शन गर्ने र बैशाख ७ गतेबाट राजधानी केन्द्रीत आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनको भनाइ छ ।
बैठकले राजसंस्था, हिन्दुराष्ट्रको पक्ष र संघीयताको बिपक्षमा शान्तिपूर्ण रुपमा हुने जुनसुकै आन्दोलनलाई समर्थन गर्ने निर्णय गरेको उनले बताए । त्यस्तै आन्दोलनका लागि सहकार्य गर्न ढोका खुला गर्ने समेत बैठकले निर्णय गरेको उनले बताए । त्यसअघि राजावादीले चैत १५ मा प्रदर्शन गर्दैछन् ।